म्युजिक भिडियो मोडल भुवन लोहनी ले आफ्नो रचनामा तेस्रो नयाँ गीत ‘जुनसँग के दाँजुर’ को भिडियो दर्शकमाझ ल्याएका छन्। केही वर्षयता अमेरिकामा बस्दै आएका लोहनी पछिल्लो समय गीत लेखनमा पनि सक्रिय छन्।
आफ्नो छोराको जन्मदिनको शुभ अवसर तथा नयाँ वर्ष २०२६ को पूर्वसन्ध्या पारेर लोहनीले उक्त गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरेका हुन्। गत महिना नेपाल आएको अवसरमा उनले यस गीतको भिडियो छायाङ्कन गरेका थिए।
लोहनीको रचनामा तयार भएको यस गीतलाई लोकप्रिय गायक राजेश पायल राई ले स्वर दिएका छन्। आधुनिक शैलीको यस गीतमा दिपक शर्मा को संगीत रहेको छ भने संगीत संयोजन साहस शास्य ले गरेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापा ले गरेका छन्।
गीतको भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा नव मोडल अर्विसा थापा सँगै गीतकार तथा मोडल भुवन लोहनी स्वयंले अभिनय गरेका छन्। उनीहरूको जोडी भिडियोमा आकर्षक देखिएको छ। भिडियोको छायाङ्कन लोहनीको जन्मथलो लमजुङ मा गरिएको हो, जहाँका सुन्दर दृश्य र मनोरम हिमालहरूले भिडियोको सौन्दर्य अझ बढाएका छन्।
भिडियोका निर्माता सविता घले मोहनी हुन् भने निर्देशन कृष्णबहादुर थापा ले गरेका छन्। छायाङ्कन समेत थापाले नै गरेका हुन्। छायाङ्कनमार्फत गीतको भाव र सौन्दर्यलाई दृश्यमा प्रभावकारी रूपमा उतार्न उनी सफल देखिन्छन्।




