आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीत सार्वजनिक गरिएको छ । गीतमा दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ भने गायिका वविना किरातीले स्वरमा साथ दिएकी छन् । निर्माण टिमका अनुसार दुर्गेश थापाले अभिनेत्री तथा निर्माता प्रियंका कार्कीलाई उपहारस्वरूप फिल्मको प्रचारका लागि यो गीत उपलब्ध गराएका हुन् ।
प्रदीप लामाको कन्सेप्ट, निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल फिचर भएका छन्। भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका छन् । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘मास्टर्नी’का निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन् ।
शुभेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्कीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुपविक्रम शाही, दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान थापाले तयार गरेका छन् । ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।




