• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

रामकृष्ण सिड्नीमा गुञ्जिँए


गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन् । शनिवार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरे । ‘बिहान उठ्ने वितिकै’ गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्नो चर्चित गीतहरू ‘बाचुन जेलिलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’’ लगायतका गीत प्रस्तुत गरेका थिए । उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्याण्डसँग प्रस्तुत गर्दा उपस्थित दर्शकले प्रत्यक्ष नारायण गोपाल सुनेको प्रतिक्रिया दिए ।

Advertisement

अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर ‘ए माया जदौ’ गाउँदा उपस्थितले नाचेर साथ् दिए । सन् २००९ देखि नै आफूले अष्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गायक ढकालले बताए । ‘अष्ट्रेलियामा मैले सधै मायाँ पाउनु गरेको छु, यसलाई धन्यवाद भन्ने म सँग शब्द छैन । मैले यहाँ ट्रयाक र ब्याण्ड गरी दुई चरणमा आफ्ना गीत प्रस्तुत गरँे । यसपटकको अष्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु’, उनले भने । कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए ।

‘एउटा कलाकारको धर्म नै उसको कर्म हो । नेपालमा एकजना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु । उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्दार कार्य भइरहेको छ । तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु’, उनले भने । पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीतमार्फत उपस्थितलाई बाध्न सफल भए । आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको बताए ।

उनले भने,‘गायक ढकाललाई प्रत्यक्ष सुन्न सिड्नीवासी अधैर्य थिए, उनीहरूको उपस्थिति बाक्लो देखियो । उहाँलाई प्रत्यक्ष सुन्न् परिवारकै उपस्थिति देखिएको थियो, जहाँ बच्चादेखि वृद्धसम्म थिए । अर्थात् उहाँलाई सुन्न सवै वर्गका दर्शक देखिए ।’ गायक ढकालले यसपटकको दसैँ अष्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए । उनले न्युक्यासल, एडिलेड लगायतका सहरमा आफ्नो प्रस्तुती तय भईसकेको जानकारी दिए । सोही कार्यक्रममा गायक ढकालले नेपाली सङ्गीतलाई विश्वभर चिनाउन गरेको योगदान र सङ्गीतमा दिएको निरन्तरताको कदर गर्दै आयोजक श्रेष्ठ, ए टू जेट क्लिनिङ सप्लाएर्स, क्लिनिङ् एण्ड हस्पिटालिटीका प्रमुख कृष्ण थापा र चलचित्र निर्माता सुभाष थापाले सम्मान गरेका थिए ।

उक्त अवसरमा गायक ढकालले आफ्नो गीत ‘जीवनको हिसाब’ वल्र्ड प्रिमियर गरे । कार्यक्रममा उपस्थित दर्शकलाई आफ्नो भिडियोको पहिलो दर्शक बनाएका ढकालले गीतमा आर्थिक अभावका कारण जीविकोपार्जनका निमित परदेशिन बाध्यभएका नेपालीको कथा प्रस्तुत गरिएको बताए । ‘यस गीतमा अहिलेको समसामयिकता प्रस्तुत गरेका छौँ । विदेशमा रहेकाले यसको कुनै न कुनै पक्षसँग जोडिनु हुन्छ जस्तो लागेको छ । यसको शब्द भाव अनुसार नै भिडियोसमेत तयार गरेका छौँ’, उनले भने ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा मनोज खड्काको शब्द र डेनी निरौलाको सङ्गीत रहेको छ । धनेन्द्र रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा दीलिप रायमाझी, सविना थपलिया, मनोज खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको थियो ।

सोमबार, असोज १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा
‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट, प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै
देशभर प्रदर्शनमा आयो फिल्म ‘गौँथली’, देशभर दर्शकरुको साथ
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीत सार्वजनिक

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire


Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.