• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘नागबन्धम’ क्यापटिल वल्र्डले नेपालमा प्रदर्शनमा ल्यायो

ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ । क्यापिटल वर्ल्डमार्फत नेपाल भित्रिएको ‘लार्जर द्यान लाइफ’ अनुभव दिने यो फिल्म शनिबार साँझदेखि देशभर प्रदर्शन भइरहेको छ । फिल्मले हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरेको छ ।

Advertisement

अभिषेक नामाको लेखन तथा निर्देशन रहेको फिल्ममा मुख्य पात्र रुद्र (विराट कर्ण) लाई भगवान् महादेव (शिव) को शक्तिशाली तथा उग्र स्वरूपका रूपमा चित्रण गरिएको छ । उनी आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन जीवन नै दाउमा लगाएर संघर्षरत देखिन्छन् । फिल्ममा विराट कर्णसँगै नभा नतेश र ऐश्वर्या मेनन मुख्य भूमिकामा छन् । साथै, महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको पनि महत्त्वपूर्ण अभिनय रहेको छ । ‘केजीएफ’बाट ‘गरुडा’ पात्रका कारण चर्चामा आएका रामचन्द्र राजुले फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् ।

एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको छ । निर्माण पक्षका अनुसार हिन्दु धर्मप्रति आस्था राख्ने दर्शकका लागि यो फिल्म विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ । निर्देशक अभिषेक नामाले ‘नागबन्धम’मा धर्म, आस्था र शक्तिबीचको द्वन्द्वलाई केन्द्रमा राख्दै कथा अघि बढाएका छन् ।

फिल्मको सुरुआत मानिसको अमर बन्ने चाहना र निरंकुश शक्तिप्रतिको लोभबाट हुन्छ। मुख्य खलपात्र अब्दाली र बैरागी ‘ब्रह्म कमल’ प्राप्त गरी परम शक्ति हासिल गर्ने योजनामा हुन्छन् । उनीहरूको योजनालाई विफल पार्दै पवित्र सम्पदाको रक्षा गर्न रुद्र आफ्नो जीवन नै समर्पित गर्छ । सन् १७५६ को फ्ल्यासब्याकमार्फत धार्मिक समुदायमाथि भएको हिंसाको घटनाले रुद्रको संघर्षलाई अझ गहिरो अर्थ दिएको छ ।

सुरुआतमै पौराणिक तथा धार्मिक पृष्ठभूमिलाई प्रभावकारी रूपमा स्थापित गरेको फिल्म श्रीरङ्गापुरम् मन्दिरसँग जोडिएका रहस्यहरू खुल्दै जाँदा थप रोचक बन्दै जान्छ । त्यसपछि कथा एक्सन र एड्भेन्चरतर्फ मोडिन्छ, जहाँ रुद्रले सर्प, चील र गोहीसँग जोखिमपूर्ण संघर्ष गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्छ। पार्वतीको परिवारसँग सम्बन्धित कथा र १८औँ शताब्दीको नरसंहारलाई भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

फिल्मको सबैभन्दा बलियो पक्ष यसको भिजुअल प्रस्तुति हो । भव्य सेट, उत्कृष्ट सिनेमाटोग्राफी, प्रभावशाली एक्सन दृश्य तथा पौराणिक वातावरण सिर्जनामा निर्माण टिमले गरेको मेहनत पर्दामा स्पष्ट देखिन्छ । यही पक्षले ‘नागबन्धम’लाई दर्शकका लागि फरक अनुभव दिने पौराणिक एक्सन–ड्रामा फिल्मका रूपमा स्थापित गरेको छ ।

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.