नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोक शैलीको गीत ‘मायाको डोरी’ सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक गोपाल नेपाल (जीएम)को स्वरमा सजिएको गीतले प्रेमभावलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । गीतका शब्द नरेश एमसीले लेखेका हुन् भने संगीत संयोजन राजु आर्यालको रहेको छ। गीतको अडियो तथा भिडियो ‘नरेश एमसी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतलाई केशव बडुले एरेन्ज गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। मौलिक लोक शैलीमा तयार गरिएको गीतमा सहरमा रहेको मायालु जोडी र गाउँमा रहेकी प्रेमिकाबीचको भावनात्मक प्रेम प्रसंग प्रस्तुत गरिएको छ । प्रेमभावमा आधारित ‘मायाको डोरी’ दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
भिडियोतर्फ दीपक गिरीको छायांकन, नवीन घर्ती मगरको सम्पादन तथा कोरियोग्राफी/निर्देशन मुकेश नेपालीले गरेका छन्। भिडियोमा नरेश एमसी र डेबिका कार्कीको अभिनय देख्न सकिन्छ ।
https://youtube.com/watch?v=7VYWry56Sj8%3Fsi%3Djo6aY1AqQ8nrNWhQ




