गायक कणर्राज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गिरी र रेग्मिको स्वरमा रहेको ’लुकी लुकी’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।
गिरीले फिल्मिबजसंगको कुराकानीमा भनेका छन् , “फेस्टिभलको माहोल आइरहेकाले हामीले रोमान्टिक गीतलाई त्यहि शैलीमा तयार गरेका हौँ । यसमा हामीले लुकेर लगाएको मायालाई देखाएका छौँ । यो गीतले अहिलेको पुस्तालाई पचासको दशकको माया प्रेम रमाइलो लाग्ने छ । ”
गीतको भिडियोमा पल शाह र इभा गिरी फिचर्ड छन् । यी दुईको जोडी गीत अनुसार सुहाएको प्रतिक्रिया कमेन्टमा प्राप्त भईरहेको छ । गीतसंगीतकै आकर्षणले भिडियोमा जोडिएको पलले बताए । भिडियोमा विक्रम चौहानको निर्देशन र नृत्य निर्देशन रहेको छ । यसमा पवन सुस्लिङ्गको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर करेक्सन रहेको छ ।




