• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला, देशभर २०० भन्दा बढी शो हुने अपेक्षा

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिएसँगै काठमाडौं उपत्यका तथा मोफसलका अधिकांश मल्टिप्लेक्स हलहरूले मंगलबारदेखि नै शो सार्वजनिक गर्दै अग्रिम बुकिङ सुरु गरेका हुन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि शो सार्वजनिक गरिसकेको छ । त्यसैगरी आइएनआई, वान सिनेमाजलगायतका प्रमुख मल्टिप्लेक्सहरूले पनि फिल्मको अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।

Advertisement

फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’का अनुसार देशभरका अधिकांश हलमा बुकिङ खुल्ने क्रम जारी छ । उनले बुधबारसम्म देशभरबाट २०० भन्दा बढी शो प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “शो खुल्ने क्रम जारी छ। अहिले नै यकिन संख्या भन्न सकिँदैन, तर भोलिसम्म देशभरबाट २०० भन्दा बढी शो प्राप्त हुने अपेक्षा गरेका छौं ।”

प्रिमियर प्रदर्शनमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको ‘गौँथली’ले प्रदर्शनअघि नै राम्रो चर्चा बटुलिरहेको छ । कथावस्तु, कलाकारहरूको अभिनय र प्रस्तुतीकरणको खुलेर प्रशंसा भएपछि निर्माण टिमले त्यसको सकारात्मक प्रभाव बक्स अफिसमा पनि पर्ने विश्वास लिएको छ । डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ ।

बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने ‘गौँथली’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.