• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘हली’ नेपाल प्रदर्शनअघि नै साइप्रसमा ‘सोल्ड आउट’

वास्तविक जीवनका घटनाबाट प्रेरित भएर निर्माण गरिएको नेपाली फिल्म ‘हली’ नेपालमा प्रदर्शन हुनुअघि नै साइप्रसमा ‘सोल्ड आउट’ भएको छ । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको साइप्रस प्रदर्शन अधिकार शतप्रतिशत बिक्री भइसकेको निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले जानकारी दिएका छन् । शुभ चिरायु फिल्म्स र जापुरा फिल्म्स प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको साइप्रस प्रदर्शन अधिकार त्यहाँका वितरकले खरिद गरिसकेका छन् ।

Advertisement

निर्माण पक्षका अनुसार अन्य विभिन्न देशमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि तीव्र रूपमा छलफल भइरहेको छ। सम्बन्धित देशहरूको प्रदर्शन टुंगो लागेपछि आधिकारिक जानकारी सार्वजनिक गरिने जनाइएको छ । प्रमोसनल गीत र आकर्षक पोस्टर सार्वजनिक भएसँगै ‘हली’ चर्चामा रहेको छ । गत वर्ष व्यावसायिक रूपमा सफल फिल्म ‘मोहर’ निर्देशन गरेका निर्देशक तथा लेखक ओम प्रतीकको निर्देशनमा बनेको फिल्मले समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन एउटै ‘हली’ पनि पर्याप्त हुन्छ भन्ने सशक्त सन्देश बोकेको छ। निर्माण टिमले अघिल्लो फिल्मझैँ यसपटक पनि दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेको छ ।

व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको मुख्य भूमिका रहेको छ। निर्देशक ओम प्रतीक पनि विशेष भूमिकामा देखिनेछन् । फिल्ममा समावेश गरिएको विशेष प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको आकर्षक प्रस्तुति रहेको छ ।

उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने अन्य गीतहरूमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त नृत्य निर्देशन रहेको छ । संगीत पक्षमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको फिल्मको मुख्य गीतमा जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा बाबुल गिरी र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् । राहुल राईको छायांकन रहेको फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका छन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ । नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने ‘हली’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । देशभित्र र विदेशमा बढ्दो चर्चा तथा अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अधिकार बिक्रीसँगै फिल्मले प्रदर्शनपछि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.