• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘गौँथली’ प्रिमियरमा रुचाइयो, दर्शकबाट मुक्तकण्ठले प्रशंसा

फिल्म ‘गौँथली’ प्रिमियर शोमै दर्शकबाट रुचाइएको छ। सोमबार काठमाडौंको सिभिल महलमा आयोजित प्रिमियरमा सहभागी दर्शक तथा चलचित्रकर्मीले फिल्मको खुलेर प्रशंसा गरेका छन् । प्रिमियरमा फिल्म हेर्ने अधिकांशले नेपाली समाजको यथार्थ कथा प्रस्तुत गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरे। विशेषगरी २०६० सालअघिको ग्रामीण नेपाली समाजमा धेरै महिलाले भोग्नुपरेका सामाजिक यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको भन्दै फिल्मले सकारात्मक प्रतिक्रिया बटुलेको हो ।
सासू–बुहारीबीच जानेर वा नजानेर हुने व्यवहार र त्यसले परिवार तथा जीवनमा पार्ने प्रभावलाई मार्मिक ढंगले चित्रण गरिएको भन्दै निर्देशक कपिल रिजालको कामको विशेष प्रशंसा गरिएको छ । फिल्म हेर्ने दर्शकले करिब २ घण्टा २० मिनेटको अवधिभर कथा, प्रस्तुति र अभिनयले आफूहरूलाई बाँधेर राखेको प्रतिक्रिया दिएका छन् । कतै पनि फिल्म लामो वा झिँझो नलाग्ने गरी प्रस्तुत गरिएको भन्दै निर्देशकको कामको सराहना गरिएको हो ।

नेपाली समाजको केही दशकअघिको वास्तविकतालाई जीवन्त रूपमा पर्दामा उतारेर नयाँ पुस्तासामु ल्याएको भन्दै कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले लेखक तथा निर्देशकको खुलेर प्रशंसा गरेका छन् । फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयले पनि विशेष प्रशंसा पाएको छ। अटिजम भएका युवाको भूमिकामा अरुण र बुहारीको भूमिकामा सिम्रनले गरेको अभिनयलाई प्रिमियरमा सहभागी सबैले उत्कृष्ट बताएका छन् ।

प्रिमियरमा अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कलाकार कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगायत थुप्रै चर्चित व्यक्तित्वले फिल्म तत्कालीन नेपाली समाजको यथार्थ चित्रण गर्न सफल भएको भन्दै निर्माण टिमलाई सफल प्रदर्शनको शुभकामना दिएका छन् । निर्देशक कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।

Advertisement

इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् । डा. भोला रिजालको कथामा बनेको फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.