• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ मा अमर वान्तु र हरि ढुंगेललाई ‘दीर्घसाधना सम्मान’

नेपाली भाषा, साहित्य, संगीत, कला तथा सामाजिक सेवामा दशकौँदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका वरिष्ठ स्रष्टा अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ मा ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करणमा गीत–संगीत, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा पुर्‍याएको दीर्घकालीन योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गर्न लागिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी दिइन् । अधिकारीका अनुसार वान्तु र ढुंगेलले नेपाली भाषा, साहित्य, गीत–संगीत तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानले नेपाली सिर्जनशील जगतलाई समृद्ध बनाएको छ ।

Advertisement

उहाँहरूको निरन्तर साधना, सिर्जना र सामाजिक उत्तरदायित्वको सम्मानस्वरूप यस वर्ष ‘दीर्घसाधना सम्मान’ प्रदान गर्ने निर्णय गरिएको हो । सिक्किममा जन्मिएका हरि ढुंगेल नेपाली साहित्य, अभिनय र सामाजिक सेवामा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन् । सरकारी सेवाबाट अवकाशपछि पनि उहाँ साहित्य सिर्जना, सांस्कृतिक गतिविधि र सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँका हिमशिखा, मेरो जिन्दगी, अमृत वर्षा, यात्रा अमेरिकाको र हिमालदेखि सागरसम्म लगायत सात कृति प्रकाशित छन् ।

नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्षसमेत रहेका ढुंगेलले अभिनय, गीत लेखन र साहित्य सिर्जनामार्फत नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। उहाँका शब्दमा सिर्जना भएका ‘मन्दिरमा दीप जल्यो सम्झेँ तिमीलाई’, ‘आज म धेरै खुलेछु’, ‘टुटेको विश्वास जोडिन्न भन्थे’, ‘एकदिनको भेटमा माया बस्यो’, ‘तिम्रो दिलको कोठाभरि’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन् । यस्तै, भोजपुरमा जन्मिएका अमर वान्तु नेपाली गीत–साहित्यका स्थापित स्रष्टा हुन्। विद्यालय जीवनदेखि नै साहित्य र संगीतमा सक्रिय उहाँ २०४५ सालमा गीतकार बन्ने सपना बोकेर काठमाडौं आएका थिए । त्यसयता उहाँले १५० भन्दा बढी गीत सिर्जना गरिसक्नुभएको छ ।

वान्तुका परिभाषाका राँटाहरू कृति तथा अमर भावना र अमर भावना–२ एल्बम प्रकाशित छन् । ‘गर्मी भयो धरान’, ‘जीवन मृत्यु’, ‘काठै भाकाले’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’, ‘आँखैको भाकैमा’, ‘जिन्दगीको दौडमा’, ‘सिल्की कपाल उड्यो’ लगायतका उहाँका गीत लोकप्रिय छन्। उहाँका केही गीत करोडौं भ्युज क्लबमा समेत प्रवेश गरिसकेका छन् । गीतकार, कवि, गजलकार तथा सामाजिक अभियन्ताका रूपमा समेत परिचित वान्तुले गीतकार संघको अक्षयकोष तथा आदर्श कन्या निकेतनमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना गरेर सामाजिक क्षेत्रमा पनि योगदान पुर्‍याउँदै आएका छन् ।

आयोजकका अनुसार अमर वान्तु र हरि ढुंगेलको सम्मान केवल दुई व्यक्तिको योगदानको कदर मात्र नभई नेपाली भाषा, साहित्य, संगीत र संस्कृतिप्रतिको दीर्घकालीन समर्पणको सम्मान पनि हो । उहाँहरूको सिर्जनात्मक यात्रा आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ । यसअघि राजु सिंह, स्व. गुरुदेव कामद, चन्द्रकला शाह, ज्ञानु राणा र खड्ग गर्बुजालाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो ।

अवार्ड समारोहमा नेपाली गीत–संगीत क्षेत्रका स्रष्टालाई विशेष सम्मान गर्नुका साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई पनि सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिएका छन्। साथै, बालप्रतिभालाई ‘राइजिङ स्टार अवार्ड’ समेत प्रदान गरिनेछ । ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजना हुने हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ आगामी साउन ३ गते (१९ जुलाई) भारतको सिक्किमस्थित राभङलामा आयोजना हुनेछ ।

नेपाल र भारतका नेपाली भाषी कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ आयोजना हुँदै आएको यस अवार्डको अघिल्लो संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो। आयोजकका अनुसार हिमालयन इन्टरनेशनल अवार्डले नेपाली भाषा, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

आइतबार, असार २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.