• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

सामाजिक कथावस्तु बोकेको फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक

आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार सार्वजनिक गरेको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले सामाजिक, पारिवारिक तथा भावनात्मक कथावस्तुलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा एउटी युवतीको शिक्षा हासिल गर्ने संघर्ष, वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौती तथा परम्परागत सोचसँगको संघर्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ । साथै, अटिजमबाट प्रभावित युवकसँग विवाह गरेपछि एक नवविवाहित युवतीले भोग्नुपरेका कठिनाइ र त्यसबीच पनि आफ्नो सपना पूरा गर्न गरेको संघर्षलाई कथाको केन्द्रमा राखिएको छ ।

Advertisement

मुख्य पात्र अरुण क्षेत्रीले स्वास्थ्य अवस्थाका कारण देखाउने अस्वाभाविक व्यवहार र त्यसको सामना गरिरहेकी सिम्रन खड्काको संघर्ष ट्रेलरमा देखाइएको छ। महिलाको शिक्षामा परिवारभित्रैबाट आउने अवरोध, महिलाले महिलालाई सहयोग नगर्दाको असर तथा पुरातन सोचले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई पनि ट्रेलरले उजागर गरेको छ । ग्रामीण परिवेश, भावनात्मक कथा र कलाकारहरूको सशक्त अभिनयले ट्रेलरलाई थप आकर्षक बनाएको छ। विवाह गर्न नचाहने एक युवतीले परिवारको आग्रह र सामाजिक प्रतिष्ठाका लागि गरेको सम्झौतापछि भोग्नुपरेका पीडा र सपनाको संघर्षलाई फिल्मले संवेदनशील रूपमा प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् । फिल्ममा शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ । मुख्य सहायक निर्देशक गिरिराज घिमिरे, सहायक निर्देशक आर्यन अधिकारी र बुद्धि नेपाली हुन्। ध्वनि मिश्रण मुकेश शाह, रङ संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीले गरेका छन् ।

उल्लेखनीय रूपमा, डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको ‘गौँथली’लाई नेपालको पहिलो गीति फिल्म (म्युजिकल फिल्म) मानिन्छ। सोही नाममा यसपटक उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका लागि फरक विषयवस्तुसहित फिल्म निर्माण गरेका हुन् । ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.