जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) का लागि प्रयोग हुने अत्याधुनिक Trivellini Mamba डिभाइस नेपालमा पहिलोपटक भित्र्याएको छ । ललितपुरमा आयोजित विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा. सरिसा श्रेष्ठ, सामाजिक सञ्जाल इन्फ्लुएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ, मान्सी तामाङ, मिस्टर फुडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलगायतले संयुक्त रूपमा उक्त डिभाइस सार्वजनिक गरेका हुन् ।
क्लिनिककी सञ्चालिका डा. स्मृति श्रेष्ठले Trivellini Mamba कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, सुरक्षित र प्रभावकारी बनाउन विकसित गरिएको अत्याधुनिक प्रविधि भएको बताइन् । उनका अनुसार यसले प्रत्यारोपणका क्रममा चिकित्सकलाई बढी नियन्त्रण र शुद्धताका साथ काम गर्न सहयोग पुर्याउनेछ भने बिरामीलाई उच्च गुणस्तरको उपचार अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा पहिलोपटक भित्रिएको यस उपकरणको प्रयोगसँगै FUE (Follicular Unit Extraction) प्रविधिमा आधारित हेयर ट्रान्सप्लान्ट सेवा अझ प्रभावकारी हुने क्लिनिकको विश्वास छ । चिकित्सकहरूका अनुसार यस प्रणालीले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने क्रममा क्षति कम गर्दै गुणस्तर कायम राख्न सहयोग पुर्याउँछ। साथै, विभिन्न गति र मोड समायोजन गर्न सकिने भएकाले बिरामीको कपाल र छालाको अवस्थाअनुसार उपचार प्रक्रिया सञ्चालन गर्न सकिन्छ ।
विश्वका विभिन्न हेयर रिस्टोरेशन केन्द्रहरूमा प्रयोग हुँदै आएको Trivellini Mamba आधुनिक FUE प्रणालीअन्तर्गतको प्रविधि हो । यसको प्रयोगले उपचारलाई सहज बनाउनुका साथै प्राकृतिक देखिने परिणाम प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । डा. श्रेष्ठले नेपालमै अन्तर्राष्ट्रियस्तरको हेयर ट्रान्सप्लान्ट सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो उपकरण ल्याइएको बताउँदै कपाल झर्ने समस्याबाट पीडित सेवाग्राहीले अब अत्याधुनिक प्रविधिबाट उपचारको सुविधा स्वदेशमै प्राप्त गर्न सक्ने उल्लेख गरिन् ।
डिभाइस सार्वजनिक कार्यक्रममा भारतका वरिष्ठ छाला रोग विशेषज्ञ डा. असीम शर्मा तथा धुलिखेल अस्पताल (काठमाडौं विश्वविद्यालय अस्पताल) को डर्माटोलोजी विभाग प्रमुख डा. मनिषा सिंहको सहभागितामा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा नेपालको हावापानी, वातावरणीय प्रदूषणलगायतका कारण छाला तथा कपालको स्वास्थ्यमा पर्ने प्रभाव, त्यसको रोकथाम र नयाँ प्रविधिको उपयोगिताबारे छलफल गरिएको थियो ।
जावलाखेलस्थित ज्वाला भवनको तेस्रो तलामा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले अत्याधुनिक प्रविधिमार्फत विश्वस्तरीय हेयर ट्रान्सप्लान्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै इच्छुक सेवाग्राहीलाई परामर्शका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।




