गायिका मेलिना राई र गायक सियोन महर्जन (क्षितिज) को युगल स्वरमा सजिएको नयाँ नेपाली गीत ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ । गीतलाई सियोन महर्जनको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको गीतमा शंकर लिम्बूले रेकर्डिस्टको भूमिका निर्वाह गरेका छन् ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङको काम विश्व अधिकारीले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा सियोन महर्जन र खुसी कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् भने उत्सव दाहालको छायांकन रहेको छ । भिडियोको सम्पादन तथा कलर ग्रेडिङ मनोज कार्कीले गरेका छन् ।
म्युजिक भिडियोका निर्माता डा. साइअन महर्जन रहेका छन् भने व्यवस्थापन निर्मल न्यौपानेले सम्हालेका छन् । यस गीतको प्रस्तुति क्षितिज महर्जनको रहेको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा ‘टिम मेलिना’बाट टप–३ फाइनलिस्ट बनेका गायक सियोन महर्जनले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।




