• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

माइतीको बिछोड बोकेको ‘आँखा भरी आँसु’ दर्शकमाझ चर्चित

आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘गौँथली’ को नयाँ गीत ‘आँखा भरी आँसु’ सार्वजनिक भएपछि दर्शकमाझ यसको चर्चा बढ्न थालेको छ । विवाह घरको वास्तविक झल्को दिने फरक शैलीमा सार्वजनिक गरिएको गीतले दर्शकको मन जितिरहेको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला–बेहुलीको भेषमा उपस्थित भएका थिए ।

Advertisement

पञ्चेबाजाको धुन, जन्तीको नाचगान र विवाह घरजस्तै सजाइएको वातावरणले कार्यक्रमलाई वास्तविक विवाह समारोहको अनुभूति गराएको थियो, जसले उपस्थित दर्शकको विशेष ध्यान आकर्षित गर्‍यो । सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । थानेश्वरकै संगीत रहेको गीतमा डा. भोला रिजालको शब्द सिर्जना छ । गीतले विवाहपछि माइतीघर छोडेर पराइ घर जानुपर्ने छोरीको पीडा, आमा–बुवासँगको बिछोड र भावनात्मक क्षणलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा अरुण क्षेत्री र सिम्रन खड्कासहित अन्य कलाकारको अभिनय देख्न सकिन्छ । गीतको भाव, शब्द र प्रस्तुतिलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिन थालेका छन् । कपिल रिजालको निर्देशन रहेको फिल्म ‘गौँथली’ मा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन् ।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ । रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने फिल्म ‘गौँथली’ नाममा दुई दशकअघि निर्माण भएको सफल गीति फिल्मको नयाँ स्वरूप पनि हो, जसले प्रदर्शनको समयमा ५१ दिन मनाएर सफलता हासिल गरेको थियो ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.