गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ । सुन्दर हमालको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङको सम्पूर्ण काम स्वयं आशिष अविरलले गरेका छन्। गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (युएसए) तथा एमडी बाल्टिमोरमा गरिएको हो ।
लभस्टोरी शैलीको यस गीतमा एकअर्काले कुरो बुझेपछिको भावनात्मक अवस्थालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेता पल शाह र मोडल अस्मिता जुरेलीको मुख्य अभिनय रहेको छ। आकर्षक केमेस्ट्रीसहित प्रस्तुत उक्त जोडीको डान्स र अभिनयलाई दर्शकले रुचाएका छन् ।
भिडियोको निर्माणमा अमित कुमार चन्दको लगानी रहेको छ भने निर्देशन शान थापाले गरेका हुन् । सञ्जय विश्वकर्माको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, विवेक सुनारको सम्पादन र मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको छ । त्यस्तै, कलाकारहरूको पहिरन अनुस्का डीसी (आश्री क्रिएसन) ले तयार पारेकी हुन् भने मेकअप सीता मगरले गरेकी छिन् । गीत पल शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।




