• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘मितज्यू’ले नेपाली समाज र राजनीतिका धेरै तह उजागर गर्छ : निर्देशक नवीन सुब्बा

निर्देशक नवीन सुब्बाले फिल्म ‘मितज्यू’ले नेपाली समाजका विभिन्न तहलाई एकसाथ प्रस्तुत गरेको बताएका छन् । उनका अनुसार फिल्मले राजनीतिक, सामाजिक, आर्थिक र पारिवारिक पक्षलाई गहिरो ढंगले उठाएको छ । ‘मितज्यू’बारे प्रतिक्रिया दिँदै निर्देशक सुब्बाले फिल्मले अहिलेको नेपाली राजनीतिक परिवेशलाई प्रतीकात्मक रूपमा चित्रण गरेको बताए । उनले भने, “पुराना पार्टी समाप्त हुँदै नयाँ सोच आउँदै गरेको कुरा फिल्मले लाक्षणिक रूपमा देखाएको छ । चरित्र निर्माण गर्दाखेरि नै यो कुरा समेटिएको छ ।”

Advertisement

उनका अनुसार नेपाली फिल्ममा यस किसिमको राजनीतिक सन्दर्भ र सामाजिक विमर्शलाई कथामा यसरी प्रस्तुत गरिएको विरलै देख्न पाइन्छ । “पोलिटिकल इभेन्टलाई स्टोरीमा ढालेर चरित्रमार्फत सिम्बोलिक रूपमा राम्रोसँग उतारिएको छ,” उनले भने । नयाँ कलाकार भए पनि तेरिया मगरले प्रभावशाली अभिनय गरेको भन्दै नवीनले उनको खुलेर प्रशंसा गरे । “तेरियाको काम डेब्यु फिल्मजस्तो लाग्दैन । दयाहाङ र सौगातजस्ता स्थापित कलाकारसँग उनले निकै खारिएको अभिनय गरेकी छन्, जुन ‘मितज्यू’को अर्को उपलब्धि हो,” उनले भने ।

दयाहाङ राई र सौगात मल्लको अभिनय पनि निकै प्रभावशाली रहेको उनको भनाइ छ । “आवरण र इमोसन दुवै हिसाबले दयाहाङ र सौगातले गज्जबको काम गरेका छन्,” उनले बताए । फिल्मले नेपाली समाजमा परिवारको परम्परागत अवधारणालाई समेत प्रश्न गर्ने निर्देशक सुब्बाको धारणा छ । “यो फिल्मले धेरै च्यालेन्ज गरेको छ । हामीमा परिवारको जे कन्सेप्ट छ, त्यसलाई नै प्रश्न गरेको छ । रोल्पा र रुकुमको लोकल कथा उठाएर यसले समग्र नेपाली समाजको सोचमाथि प्रश्न गर्छ,” उनले भने ।

यस्ता विषयवस्तु भएका चलचित्र बन्नु आवश्यक रहेको उल्लेख गर्दै उनले दर्शकले यस्ता सिनेमालाई माया गर्नुपर्ने बताए । “यस्ता फिल्मलाई साथ दिइयो भने अझ धेरै यस्ता कथा बन्नेछन् र यसले समाज निर्माणमै सहयोग पुर्‍याउँछ,” उनले थपे । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिकामा छन् । साथै फिल्ममा खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् भने निर्देशन अनिल बुढा मगरले गरेका छन् । फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ । ‘मितज्यू’लाई आरआर फिल्म्सले नेपालभर वितरण गरिरहेको छ ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.