नयाँ सांगीतिक प्रस्तुति ‘सोह्र बर्से जवानी’ सार्वजनिक गरिएको छ । युवापुस्ताको प्रेम, आकर्षण र समकालीन भावनालाई समेटिएको गीतले रिलिजसँगै दर्शक तथा श्रोता माझ चर्चा बटुल्न थालेको छ । गीतमा बबिना किराती को स्वर रहेको छ भने शब्द लेखन जानु काम्बाङ लिम्बुको रहेको छ । संगीत सुमन राई ले तयार पारेका हुन् ।
गीतको भिडियोमा यसराज गराच, बिना राउत र तेन्जु योञ्जनले अभिनय गरेका छन् । भिडियोमार्फत युवापुस्ताको प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई आकर्षक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार गीतले विशेषगरी ग्रामीण तथा सांस्कृतिक परिवेशभित्रको युवा–युवतीबीचको प्रेमभावलाई समेट्ने प्रयास गरेको छ ।
भिडियोको दृश्यात्मक प्रस्तुति र कलाकारहरूको केमेस्ट्रीले दर्शकको ध्यान तानेको प्रतिक्रिया आएको छ । गीत सार्वजनिक भएसँगै विभिन्न डिजिटल प्लेटफर्ममा यसको चर्चा सुरु भएको छ भने दर्शकहरूले यसको संगीत र भिडियो प्रस्तुति मन पराइरहेको प्रतिक्रिया दिएका छन् । ‘सोह्र बर्से जवानी’ जानु काम्बाङ लिम्बु युट्युबमार्फत सार्वजनिक गरिएको छ ।




