गायिका रन्जिता विश्वकर्माको नयाँ लोकगीत ‘फूल जस्तै पयालै’ सार्वजनिक गरिएको छ । राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समितिले विशेष कार्यक्रम आयोजना गर्दै गीतको औपचारिक विमोचन गरेको हो । गीतमा चर्चित गायक खेम सेन्चुरी र गायिका रन्जिता विश्वकर्माको स्वर रहेको छ । गीतका शब्द विक्रमबाबु विश्वकर्माले लेखेका हुन् भने संगीत तथा थेगो असिम चन्द्र विश्वकर्माले तयार गरेका छन् ।
गीतको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मतले गरेका हुन् । सार्वजनिक गीतले मौलिक लोकभाका, प्रेम र ग्रामीण संस्कृतिको मिठासलाई समेटेको निर्माण टिमले जनाएको छ । गीतको भिडियोमा कलाकार प्रकाश सपुत, अञ्जली अधिकारी र एकिन्द्र सरा शंकरको अभिनय देख्न सकिन्छ । भिडियोमा उनीहरूको प्रस्तुति र केमेस्ट्री आकर्षक बनेको छ ।
भिडियोलाई एकिन्द्र सरा शंकरले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने छायांकन नवराज उप्रेतीले गरेका छन् । विमोचन कार्यक्रममा राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समितिका अध्यक्ष अनु अर्पण घिमिरेले गीतको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रम सञ्चालन समितिका सचिव सञ्जय पोखरेलले गरेका थिए ।
यस्तै, राष्ट्रिय लोकसञ्चारकर्मी संघका अध्यक्ष चन्द्रमणी गौतमले लोकसञ्चारकर्मी संघ सधैं स्रष्टा तथा कलाकारहरूको पक्षमा रहने बताए । सार्वजनिक गीत तथा भिडियोले दर्शक र लोकसंगीत प्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।




