गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक भएसँगै चर्चामा आएको छ । राजधानीको रञ्जना सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठको दमदार नृत्य र आकर्षक स्क्रिन केमेस्ट्री देख्न सकिन्छ । लामो समयपछि राहुल श्रेष्ठ पुनः भिडियोमार्फत दर्शकमाझ प्रस्तुत भएका हुन् ।
गीतमा जगत तिरुवाको शब्द, संगीत तथा र्याप रहेको छ भने जीवन बडुले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोका निर्माता रञ्जित कुमार चौधरी र रीत बहादुर श्रेष्ठ हुन् । कबिराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दावा बल तामाङ सह–कोरियोग्राफरका रूपमा छन्। सौरभ लामाले खिचेको भिडियोको सम्पादन तथा रङ संयोजन मनोज कार्कीले गरेका हुन् ।
भिडियोको निर्देशन देव कुमार श्रेष्ठले गरेका हुन् भने प्रोडक्सन व्यवस्थापन सुवासराज काफ्लेले सम्हालेका छन् । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोले रिलिजसँगै दर्शकमाझ राम्रो प्रतिक्रिया पाउन थालेको निर्माण पक्षले जनाएको छ।




