अभिनेता सलिमान बनियाँले आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनित फिल्म *‘युनिभर्सिटी अफ गुण्डाज्’*को टिजर सार्वजनिक गरेका छन् । एक्सन जनरामा निर्माण भएको फिल्मको १ मिनेट १२ सेकेण्ड लामो टिजर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । टिजरमा सलिमानको दमदार एक्सन अवतार देख्न सकिन्छ ।
यसअघि ‘यात्रा’ फिल्मपछि केही समय पर्दाबाट टाढा रहेका उनी यस फिल्ममार्फत फरक शैलीमा कमब्याक गरेको संकेत टिजरले दिएको छ । लभर ब्वाइ इमेजबाट चिनिएका सलिमान यसपटक पूर्ण रूपमा एक्सन भूमिकामा प्रस्तुत भएका छन् । सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् । टिजरमा सलिमान र सलोनबीचको मित्रता र ग्याङस्टर स्टाइल संघर्ष देखाइएको छ, जसले कथावस्तु एक्सन र प्रतिस्पर्धामा केन्द्रित हुने संकेत गर्छ ।
फिल्मको कथा स्वयं सलिमान बनियाँले लेखेका हुन् भने निर्देशन सुरेश न्यौपानेले गरेका छन् । अन्य कलाकार तथा प्राविधिक टिमको विवरण भने निर्माण पक्षले अझै सार्वजनिक गरेको छैन । फिल्मको ब्याकग्राउन्ड स्कोर रोमन बज्राचार्य, छायांकन सौरभ लामाले गरेका छन् । सम्पादन तथा ट्रेलर बन्दे प्रसादले तयार पारेका हुन् भने वीएफएक्स मनोज श्रेष्ठको रहेको छ ।
हालसम्म फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन । निर्माण टिमले दर्शकको प्रतिक्रिया हेरेर आगामी रणनीति तय गर्ने संकेत गरेको छ ।




