प्रेम र भावनालाई केन्द्रमा राखेर तयार गरिएको नयाँ गीत ‘मुया रानी’ सार्वजनिक गरिएको छ । राजधानीस्थित होटल कावेरी इन मा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो रिलिज गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ उपस्थित थिए । त्यस्तै, विशेष अतिथिहरूमा राजु सिंह, वसन्त बित्यासी थापा, आनन्द अधिकारी, अशोक क्षेत्री, श्याम ज्ञवाली र रेशम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

गीतले प्रेममा हुने आतुरता, व्याकुलता र भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । प्रेम गर्ने जोडीहरूबीचको सम्बन्ध कहिल्यै नटुटोस् भन्ने सन्देश बोकेको यस गीतले “संसार नै मायामा टिकेको छ” भन्ने भावलाई उजागर गर्छ । गीतमा रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगर को स्वर रहेको छ भने शब्द कमल शर्मा आचार्य ले लेखेका हुन् । संगीत ऋषि खड्का ले तयार पारेका छन् ।
म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाही को अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन एलिश खनाल ले गरेका हुन् । पुनम श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियो काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा खिचिएको हो ।
निर्माण टिमका अनुसार ‘मुया रानी’ले प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्दै दर्शक तथा स्रोताको मन छुने विश्वास गरिएको छ । भिडियो ओएसआर डिजिटल को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रेमिल भावना बोकेको ‘मुया रानी’ गीत सार्वजनिक
प्रेमिल भावना बोकेको ‘मुया रानी’ गीत सार्वजनिक
Advertisement
तपाईको प्रतिक्रिया




