निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘अक्षरा’को औपचारिक शुभमुहूर्त सम्पन्न भएको छ । शुक्रबार बिहान गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले फिल्मको छायांकन यात्रा सुरु गरेको हो । मुहूर्त सटमा क्यामेरा दिनेश महराले सम्हालेका थिए भने रोल शंकर महर्जनले दिएका थिए । ‘एक्सन’ र ‘कट’ मधुसूदन भट्टराईले दिएका थिए भने क्ल्यापिङ लव प्याकुरेलले गरेका थिए । परम्पराअनुसार नरिवल फुटाउने कार्य दीपक दंगालले सम्पन्न गरेका थिए ।
फिल्ममा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ । बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन् । क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्देशक बिनयराज पौडेल हुन् । गीतमा सुरेन्द्र राना र संगीतमा कर्णराज गिरी रहनेछन् । कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ ।
प्राविधिकतर्फ श्रृंगार मदन न्यौपाने, भेषभूषा प्रार्थना भट्टराई, छायांकन दिपेन बस्न्यात र सम्पादन गौतमराज खड्काले सम्हाल्नेछन् । निर्माण व्यवस्थापक सुमन काफ्ले र पोस्टर डिजाइन राकेश दाहालले गरेका छन् । फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले गर्नेछन् । मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहोरा रहेका छन् । कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन् ।
पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन् । निर्देशक बिनयराज पौडेलले यसअघि दर्जनौँ फिल्ममा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् भने ‘अक्षरा’ उनको निर्देशनमा डेब्यु फिल्म हो ।




