फेसन डिजाइन अध्ययनरत जमुना शाही ठकुरी कलाकारितामा पनि सक्रिय रूपमा अघि बढिरहेकी छन् । सानैदेखि अभिनयप्रति रुचि राख्दै आएकी उनी आफ्नो क्षमता निखार्ने उद्देश्यले ‘कला घर’ नामक संस्थामा आवद्ध भएर प्रशिक्षण लिइरहेकी छन् ।
Advertisement
उनले गुरु गोविन्द सुनारसँग अभिनय सिक्दै आएकी छन्। कलाकार बन्न निरन्तर मेहनत र अनुशासन आवश्यक हुने अनुभव उनले साझा गरेकी छन् । हाल जमुना नाटक ‘अक्षता’मा कलाकारका रूपमा देखिनुका साथै कस्ट्युम डिजाइनको भूमिकामा समेत सक्रिय छिन् ।
अभिनयसँगै डिजाइनिङमा पनि उत्तिकै रुचि राख्ने उनले दुबै क्षेत्रमा आफूलाई स्थापित गर्ने लक्ष्य राखेकी छन् । सानैदेखि कलाकारिता भन्नेबित्तिकै उत्साहित हुने जमुनाले भविष्यमा समाजका विविध चरित्रहरू प्रस्तुत गर्ने र विशेषगरी निमुखा तथा पिछडिएका वर्गको आवाज बन्ने उद्देश्य लिएकी छन् ।




