शन्त कुमार राईको शब्द रचनामा तयार गरिएको ‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली गीत–संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका राईको यो गीतले श्रोता तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ। स्वरमा प्रशान्त सिवाकोटी र ससिका राईको साथ रहेको गीतको रेकर्डिङ रंगकासु राई स्टुडियोमा गरिएको हो ।
म्युजिक भिडियोतर्फ किरण राईको निर्देशन तथा कथामा तयार गरिएको छ ।
भिडियोमा स्वयं शन्त कुमार राईसँगै अञ्जना थुलुङ, राजन कुमार राई र विश्व राईको अभिनय देख्न सकिन्छ । छायांकन, सम्पादन तथा कलर इसाक जबेगुले गरेका छन्, जसले भिडियोलाई आकर्षक बनाएको छ । SKR Pictures युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोले छोटो समयमै सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ ।
लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय शन्त कुमार राईका लागि यो पहिलो गीत रचना पनि हो । हाल बेलायतमा बसोबास गर्दै आएका राईले आफ्नो सिर्जनात्मक यात्रालाई नयाँ आयाम दिन ‘बेरंगी’ सार्वजनिक गरेको जनाइएको छ ।https://youtu.be/fFy13m_L38U?si=gnaNmtEhQRvbUL6D




