नयाँ पुस्ताका सर्जकहरूको सहकार्यमा तयार गरिएको गीत ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । गीतमा गायक सुरज पौडेल र गायिका अनु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ, जसले गीतलाई अझ श्रव्य र आकर्षक बनाएको छ । गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन् भने संगीत तथा एरेन्ज मनोज चौलागाईंले गरेका छन् । एकाउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको यस गीतले आधुनिक स्वादसँगै मेल खाने किसिमको संगीत प्रस्तुत गरेको छ ।
भिडियो पक्ष पनि उत्तिकै आकर्षक देखिन्छ । निर्देशक नितिन चन्दको निर्देशनमा तयार गरिएको भिडियोमा रोहित सिंह ठकुरीको कोरियोग्राफी रहेको छ । भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ, जसले गीतको भावलाई जीवन्त बनाएका छन् ।
मेकअप एकता भण्डारीले गरेकी छन् भने सम्पादन सौखिन तिमल्सिनाको रहेको छ। ग्राफिक डिजाइन सन्तोष पनेरुले तयार पारेका हुन्। म्युजिक भिडियोका निर्माता निल प्रसाद ईटनि हुन् । भिडियोको छायांकन भक्तपुरको गुन्डु क्षेत्रमा गरिएको हो, जहाँ डिओपी विनोद बिष्टले क्यामेरा सम्हालेका छन् । प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन् ।
गायक सुरज पौडेलको यो १०औँ म्युजिक भिडियो हो, जुन म्युजिक मन्त्र युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नयाँ स्वाद र प्रस्तुतिका कारण गीतले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।




