फिल्म ‘आ बाट आमा २’का लागि अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित भएका छन्। सोमबार निर्देशक चन्द्र पन्तले दुवै कलाकारसँग सम्झौता गरेका हुन् । हाल प्रदर्शनरत फिल्म ‘आ बाट आमा’मा विपना थापाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने पल शाह छोराको भूमिकामा देखिएका छन्। सोही कथालाई निरन्तरता दिँदै केही नयाँपनसहित निर्माण टिमले उनीहरूलाई दोस्रो भागका लागि अनुबन्ध गरेको जनाएको छ।
अघिल्लो फिल्मका अभिनेत्री उषा उप्रेती र सिम्रन पन्तलाई निरन्तरता दिनेबारे भने निर्माण पक्षले अहिलेसम्म केही खुलाएको छैन। निर्देशक पन्तका अनुसार यसबारे क्रमशः जानकारी दिँदै लगिनेछ । निर्देशक पन्तका अनुसार फिल्म आगामी नयाँ वर्ष अर्थात् बैशाखबाट छायांकनमा जानेछ। निर्माण टिमले फिल्मलाई आगामी वर्षकै दशैंमा प्रदर्शन गर्ने तयारी गरेको छ।
“अहिले दुई जना कलाकारलाई अनुबन्ध गरेका छौँ, बाँकी कुरा विस्तारै सार्वजनिक गर्दै जानेछौँ,” निर्देशक पन्तले भने।




