• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

प्रकाश-सुहानाको मनमुटाव देखाउँदै ‘परालको आगो’को टिजर सार्वजनिक

निर्माता सुशील पोखरेलको फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा श्रीमान–श्रीमतीबीचको मनमुटाव र झगडालाई देखाइएको छ। अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा श्रीमान–श्रीमतीको भूमिकामा देखिएका छन् । पधेँरोबाट ढिला गरी पानी लिएर घर फर्किएकी श्रीमतीमाथि श्रीमानले हात उठाउने दृश्य टिजरमा देख्न सकिन्छ ।

Advertisement

उक्त झगडा छुट्याउन छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र उनकी श्रीमती पुग्दा प्रकाशले ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो’ भन्ने संवाद बोल्दै नेपाली समाजको यथार्थ चित्र प्रस्तुत गरिएको छ । टिजरले ग्रामीण परिवेश, परम्परागत जीवनशैली र पहाडी पृष्ठभूमिमा हुने नेपाली समाजका यथार्थ घटनालाई उजागर गर्न खोजेको देखिन्छ। टिजरमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र सौगात मल्ललाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ।

यसअघि निर्माण टिमले नारी दिवसको अवसर पारेर नेपाली गाउँघरको मौलिकता झल्काउने पोस्टर सार्वजनिक गरेको थियो । गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ ।

हरिओम् सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुशील पोखरेलको लगानी रहेको फिल्मको कथा तथा पटकथा सुशील देवकोटाले लेखेका छन् । फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, मिलन श्रेष्ठको सम्पादन र कनाल कँवरको रंग संयोजन रहेको छ। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन् । मिक्सिङ मुकेश शाहको रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन् । यस फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मेवारी करण बहादुर साउदले सम्हालेका छन्। सुलभी पोखरेल र सत्यम पोखरेल सह–निर्माता रहेको फिल्मलाई नेपालभर आरआर फिल्मसले वितरण गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामाथि ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए। सोही कथालाई आधुनिक सन्दर्भमा पुनःनिर्माण गरिएको निर्माता पोखरेलले बताएका छन् । फिल्म आगामी बैशाख ११ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.