• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘गोबर गणेश’को ट्रेलरमा काठमाडौंको संघर्षशील जीवन

फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढाइमा कमजोर एक गाउँले युवकले काठमाडौं आएपछि भोग्नुपरेका संघर्ष र जीवन परिवर्तनका प्रयासलाई प्रस्तुत गरिएको छ । गाउँमा बस्दा देखेका सपनाहरू काठमाडौं आइपुगेपछि कसरी यथार्थसँग ठोक्किन्छन् भन्ने कथालाई ट्रेलरले मार्मिक ढंगले देखाएको छ ।

Advertisement

पढ्न नसकेपछि सहर पसेको युवकले जीवन बदल्ने आशामा गरेको संघर्ष, फोहोर उठाएरै भए पनि आत्मनिर्भर बन्ने निर्णय, र त्यस क्रममा भोग्नुपरेका कठिनाइहरू ट्रेलरको केन्द्रमा छन् । काठमाडौंको संघर्षशील जीवनशैली र त्यसले परिवारको सपनामा पारेको प्रभावलाई ट्रेलरले स्पष्ट रूपमा उजागर गरेको छ । घरमा पुलपुलिएर हुर्किएको छोरो सहर आएपछि आफ्नै कमाइमा बाँच्न बाध्य हुँदा आउने कठिन समय, र आमाले छोरोको दयनीय अवस्था थाहा पाउँदाको भावनात्मक क्षण ट्रेलरमा सशक्त रूपमा चित्रित गरिएको छ। गाउँबाट सहर छिर्दा देखेको सपना काठमाडौं आइपुगेपछि कसरी चकनाचुर हुन्छ भन्ने आम नेपाली युवाको कथा ट्रेलरमार्फत देख्न सकिन्छ ।

यसअघि निर्माणपक्षले ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक गरिसकेको छ, जसमा मरिचमान श्रेष्ठको स्वर रहेको छ । फिल्म ‘गोबर गणेश’ माघ १ गते प्रदर्शनमा आउनेछ। बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्मलाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले निर्देशन गरेका हुन् । फिल्ममा बल्छी धुर्बे र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ ।

तारानाथ न्यौपाने चिफ एडी रहेको फिल्ममा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डीओपी) र विपिन मल्लको सम्पादन रहेको छ । टौवा स्टुडियोले पब्लिसिटी डिजाइन गरेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभरको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्ट ले गर्नेछ ।

शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.