गीतकार हरिभक्त बुढाथोकीको शब्दमा नयाँ गीत “जोवनै ढल्की गएसी” सार्वजनिक गरिएको छ। गीतमा भीम बी.सीको संगीत, र मेलिना राई तथा टेक बी.सीको स्वर रहेको छ । गीत हरिभक्त बुढाथोकीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा सलोन बस्नेत, टेक बी.सी र बिनिता ओलिको अभिनय रहेको छ ।
भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । भिडियोको छायांकन नवराज उप्रेती, सम्पादन विवेक सुनार, सृङ्गार मिलन विश्वकर्मा, नृत्य निर्देशन विशाल कैनी, र सहायक निर्देशन सुमन बस्नेतले गरेका छन् । ८६ वर्षीय गीतकार बुढाथोकी नेपाली साहित्य, संगीत र समाजसेवामा सक्रिय नाम हुन् ।
उनी एक दर्जनभन्दा बढी पुस्तकका लेखक, पहिलो नेपाली ड्राइभिङ पुस्तकका लेखक, र तेह्रथुमका पहिलो नाटककारका रूपमा परिचित छन् । उनका दर्जनौँ गीत, जस्तै “प्यारो बाबा”, “संघर्ष”, “नजर लाग्ला नि” लगायत लोकप्रिय छन् ।




