नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट प्रदर्शनमा आउने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकैसाथ रिलिज हुने भएको छ । अमेरिकामा फिल्मको वितरण आहाना पौडेलले गर्नेछन् । आहाना नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन् र टेक्सासमा बसोबास गर्दै आएका उनीका लागि यो वितरण डेब्यु हो ।
उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विस्कन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज जस्ता प्रमुख हल चेनहरूमा फिल्म रिलिज गर्न लागिएको छ ।
फिल्म दिपेन्द्र के खनाल निर्देशित छ भने सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। यसमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायत कलाकारहरूले अभिनय गरेका छन् ।
फिल्म प्रदर्शन हुने प्रमुख अमेरिकी स्थानहरू: टेक्सास, न्यूयोर्क, ओहायो,पेन्सिलभेनिया, कनेक्टिकट,न्यू ह्याम्पशायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विस्कन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह
…लगायतका राज्यहरूमा फिल्म प्रदर्शन हुने बताइएको छ ।




