राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि.ले साउन १६ गते काठमाडौंको होटल शंकरमा तीन नयाँ गीत सार्वजनिक गरेको छ । तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण विषयवस्तुमा आधारित यी गीतका शब्द गायक तथा गीतकार कपिल कसपालले लेखेका हुन् ।

‘छमछम पाउजु, खनखन चुरा’मा टुना थापा र कपिल कसपालको स्वर, बी.बी. अनुरागीको संगीत, गम्भीर बिष्टको निर्देशन तथा पुनम श्रेष्ठको कोरियोग्राफी रहेको छ। भिडियोमा कपिल र टुनाले स्वयं नृत्य प्रस्तुत गरेका छन् । सोही कार्यक्रममा ‘नेपालको छोरा’ र ‘नेपालको छोरी’ गीत पनि सार्वजनिक गरिएका छन् ।

यी दुई गीतमा कपिल कसपालको शब्द, भुपेन्द्र रायामाझीको संगीत र टुना थापाको स्वर (नेपालको छोरी) रहेको छ। ‘नेपालको छोरी’को निर्देशन निशान एस.के.ले गरेका हुन् । कार्यक्रममा पूर्व अर्थमन्त्री तथा गीतकार एस.पी. कोइराला, वरिष्ठ संगीतकार दिपक जङमसहित सांगीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वको उपस्थिति थियो ।

सभापति कपिल कसपालले राग रागिनी इन्टरटेन्मेन्टले नेपाली संगीतको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।





