गायिका मीना ढकालको नयाँ तीज गीत ‘नकसैसँग केही लिनु छ’ सार्वजनिक भएको छ । तीजको उमंग र महिलाको भावनालाई समेटिएको यस गीतमा स्वर र शब्द मीना ढकालकै रहेका छन् । संगीत विक्रम थापाले कम्पोज गरेका हुन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ बिशान मानन्धरले गरेका छन्। अडियो ‘हार्मोनाइस स्टुडियो’मा रेकर्ड गरिएको हो ।
गीतको भिडियोमा मीना ढकालसँगै पिन्चुको अभिनय देख्न सकिन्छ । भिडियोको निर्माण स्वयं मीना ढकालले गरेकी हुन् भने निर्देशन राहुल बराइलीले गरेका छन् । छायांकन मुकेश हुमागाईं र टिमले गरेका छन् । सम्पादन र रंग संयोजन राजेन्द्र पुरीले गरेका छन् ।
मेकअप रूपा मानन्धरले गरेकी छन् भने भिडियोको सम्पादन कार्य आरब प्रोडक्सनमा सम्पन्न भएको हो । गीतले तीजको सांस्कृतिक र रमाइलो माहोललाई प्रस्तुत गर्दै मीना ढकालको गायन तथा अभिनय दुवैको अभिव्यक्ति दर्शकसमक्ष पुर्याउने अपेक्षा गरिएको छ ।




