साउन महिनाको दोस्रो साता कट्दै गर्दा नेपाली सांगीतिक बजार तिजमय बनेको छ । हरेक दिन नयाँ-नयाँ तिज कोशेलीहरू अडियो–भिडियोसहित दर्शक–श्रोतामाझ सार्वजनिक भइरहेका छन् । यसैक्रममा गायक कृष्ण भट्टराईले आफ्नो नयाँ तिज गीत ‘तर्किएर जानेलाई फर्किए हेर्नै मन छैन’ सार्वजनिक गरेका छन् ।
मञ्जु बिक, तुलसा जिसी र कृष्ण भट्टराईको आवाज रहेको गीतमा दीपक अधिकारीको शब्द र सन्तोष सुबेदीको लय रहेको छ । आधुनिक तिज शैलीमा तयार पारिएको यस गीतले प्रेम, तीतो अनुभव र स्वाभिमानको भाव व्यक्त गर्छ । गीतको म्युजिक भिडियोमा अभिनेता राजेन्द्र नेपाली ‘लट्टे’, अस्मि गौतम र अनुभव पौडेलको अभिनय देख्न सकिन्छ। भिडियोलाई गणेश सापकोटाले खिचेका हुन् भने सुवास अम्गाइँले सम्पादन गरेका छन्। भिडियोको निर्देशन कपिल श्रेष्ठले गरेका हुन् ।
भिडियोमा गायक कृष्ण भट्टराई स्वयंले पनि अभिनय गरेका छन्। गीत कृष्ण भट्टराईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।




