चर्चित हास्यकलाकार सुलेमान शंकर ‘इकु’ पत्नीशोकमा परेका छन्। उनकी ४२ वर्षीया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो । सम्झनाको निधन केही दिनअघि भए पनि उनका छोरा अमेरिकाबाट फर्किन ढिलाइ भएपछि अन्त्येष्टि शुक्रबारमात्र गरिएको हो ।
Advertisement
पारिवारिक सदस्यहरूको उपस्थितिमा पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । सम्झना विगत ४ वर्षदेखि मिर्गौला रोगबाट पीडित थिइन् । अवस्था जटिल भएपछि उनलाई नजिकैको ह्याम्स अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
इकु र सम्झनाका एक छोरा र एक छोरी छन्। यो दुःखद घडीमा परिवार र आफन्तजनलाई अपूरणीय क्षति भएको छ । समाजिक अभियान्ता माया थामीका अनुसार हाल इकुका छोरा धुम्बाराहीमा आमाको काज क्रियामा बसेका छन् ।




