स्काईफल पिक्चर्सको प्रस्तुति रहेको बहुप्रतिक्षित नेपाली फिल्म ‘The Blue Light’ को औपचारिक झलक (Teaser) सार्वजनिक गरिएको छ । फिल्म 2025 सालको मंसिर 12 गते (28 नोभेम्बर) बाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।
बीसी ग्याट्सबीको निर्देशनमा तयार भएको फिल्म ‘The Blue Light’ मा अर्पण थापा, बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, महेश त्रिपाठी, आयुष्मान जोशी र सुरक्षा पन्त (इटानी) प्रमुख भूमिकामा देखिने छन् । टिजरमार्फत फिल्मले रहस्य, रोमाञ्च र भावनात्मक यात्राको संकेत दिएको छ ।
स्काईफल पिक्चर्सले निर्माण गरेको फिल्मको झलकले प्राविधिक पक्ष, सिनेमाटोग्राफी र चरित्र चित्रणमा गहिरो ध्यान दिइएको अनुभूति गराउँछ ।
फिल्मको थप विवरण र गीत–संगीत क्रमशः सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। ‘The Blue Light’ नेपाली दर्शकका लागि फरक र स्तरीय सिनेमाको अनुभव दिने अपेक्षा गरिएको छ ।




