दीपकराज विश्वकर्माको शब्द तथा संगीतमा तयार गरिएको ‘चोर्यो मायाले’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियार को स्वर रहेको छ ।
Advertisement
माया, प्रेम र भावनात्मक धोका विषयवस्तुमा आधारित गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका हुन् । भिडियोमा दीपकराज विश्वकर्मा, मोडल आश्मा विश्वकर्मा र बिजु पाकी को अभिनय देख्न सकिन्छ ।
भिडियोको सम्पादन दिनसन शाह ले गरेका हुन् । गीत गायक नारायण गजमेरको अफिसियल युट्युब च्यानल ‘नारायण गजमेर’ बाट सार्वजनिक गरिएको हो ।




