पूर्वेली गीत गायनमा फरक पहिचान बनाएकी गायिका रानु निरौलाले आफ्नो नयाँ लोकदोहोरी गीत ‘चोली ढाकाको’ सार्वजनिक गरेकी छिन् । कर्णप्रिय स्वर, आकर्षक लय र नृत्यप्रधान भिडियोका साथ आएको यस गीतलाई मेला डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा रानु निरौलालाई पुरुष स्वरमा संगीतकार महेश मुखिया सुनुवारले साथ दिएका छन् ।
पूर्वेली लोकलयमा आधारित यस गीतका शब्द सहदेब कालीकोटेले लेखेका हुन् भने संगीत संयोजन आदेश गुर्मछानले गरेका छन् । रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ सुवास कुथुमी राईको रहेको छ, र मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा विजय पुन र रमाला लिम्बुले प्रमुख भूमिकामा अभिनय गरेका छन् । https://youtu.be/syI6Zobj0f8
म्युजिक भिडियोलाई नृत्य प्रधान बनाइएको छ, जसको कोरियोग्राफी साइमन राजवंशीले गरेका हुन्। छायांकन महेश महराको, सम्पादन तथा रंग संयोजन अर्जुन खड्काको, र भिडियो निर्माण व्यवस्थापन समीर राईको रहेको छ । भिडियो निर्देशक जीवन शाही हुन् भने निर्माण नियन्त्रण सूर्य ओलीले सम्हालेका छन् ।




