शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को टिजर सार्वजनिक भएको छ । अष्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुःख नेपालमा परिवारको पिडा एउटा समसामयिक विषय फिल्मको टिजरमा देखाइएको छ ।फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ । त्यसैगरि विशेष भुमिकामा नीर शाह, गौरी मल्ल, रबिन्द्र खडका, दिक्पाल कार्की, उत्तम केसीले अभिनय गरेका छन् ।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्देशक शोभित बस्नेतको नै रहेको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको निर्मातामा एवान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन् । फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।
केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहेको फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा ६० प्रतिशत र नेपालमा ४० प्रतिशत गरिएको निर्देशक बस्नेतको भनाई छ । निर्माण पक्षका अनुसार यो फिल्म यो महिनाको अन्तिमबाट अष्ट्रेलिया र न्युजिल्यान्डमा रिलिज हुने फिल्म दशैंको आसपासमा विश्वव्यापी रुपमा रिलिज गरिने छ । मुख्य सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी, मणि तामाङ रहेको यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।




