नेपाली फिल्मवृतमा यतिबेला पिताम्बरको खुब चर्चा छ । टिजर र गीतले चर्चा दिईरहेको समय हालै रिजिल भएको मल्टीस्टारकाष्टले भरिएको पिताम्बरको ट्रेलरले सबैलाई हलसम्म पुर्याउने देखाएको छ । लार्जर क्यानभासमा खिचिएको फिल्मको एक्सनपूर्ण ट्रेलरलाई निक्कै राम्रो रिभ्युज प्राप्त भईरहेको छ । चैत २९ गतेबाट नयाँवर्ष २०८२ को अवसरमा रिलिज हुने फिल्मको ट्रेलरमा प्रायः सबै कलाकारलाई स्थान दिइएको छ ।
ट्रेलर रिलिज पछि फिल्मकी निर्देशक कृषा चौलागाईले ट्रेलर रिलिज गरेसँगै दर्शकसँग आत्मसर्मपण गरेको बताइन् । ‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं । टिजर, गीत, पोस्टरजस्तै ट्रेलरलाई पनि मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौं’, उनले भनिन् । फिल्मका निर्माता विशाल चौलागाईले आफूले एउटा राम्रो फिल्म दिएको बताए । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकीको अभिनय छ ।
विशाल चौलागाई निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।




